सुदूरपश्चिममा खनाल–नेपाल समूहले जोगाइदियो भट्टको पद

२५ जेष्ठ २०७८, मंगलवार १४:१७ मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो ।

उनको पद नेकपा (एमाले)को खनाल–नेपाल समूहले जोगाइदिएको छ । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक थियो । प्रदेशमा एमालेका सभामुखबाहेक २४ सदस्य छन् । जसमध्ये खनाल–नेपाल समूहका १७ सांसदले भट्टको पक्षमा मतदान गरे ।

ओली समूहका सात सदस्यले मुख्यमन्त्रीको विपक्षमा मत हालेका थिए । यस प्रदेशमा नेकपा (माओवादी केन्द्र)का १३ सदस्य छन् । १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बस्यो । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई सदस्यले भट्टको विपक्षमा मत हालेको हालेका थिए ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०