प्रविधिको विकास र अतिरिक्त मूल्य: गुणराज लोहनी

२७ जेष्ठ २०७८, बिहीबार १०:२८ मा प्रकाशित

आंकिक, जीववैज्ञानिक, भौतिक विश्वहरु र, त्यस्तैगरी आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ्ग, रोबोटिस्, तीन आयामिक प्रिन्टिङ्ग, इन्टरनेट बस्तुहरु, विकसित ताररहित प्रविधिहरु चौथो औद्योगिक क्रान्तिका विशेषता रहेका छन् । यसैका वरिपरि नै विश्व अर्थतन्त्र घुमेको भन्दा अतियुक्ति नहोला । यिनै विशेषताहरुले गर्दा मान्छेहरुले यही प्रविधिमा भएको उच्च विकासले उत्पादनमा प्रचुरता आएको छ, भन्न थालेका छन् । उनीहरुले यो पनि भन्न थालेका छन् कि प्रविधिको विकासले गर्दा उत्पादकशक्ति पनि भौतिक श्रम गर्ने ज्यामीहरुलाई विस्तावित गरेर प्रविधि आएको तर्क गर्न थालेका छन् । उनीहरुको तर्क कहाँसम्म पुगेको छ भने माक्र्सले भन्दै आएको अतिरिक्त–मूल्यको सिद्धान्त पहिलो औद्योगिक क्रान्तिका समयमा भएकाले त्यसको औचित्य सकिएको घोषणा आपूmलाई खाँटी माक्र्सवादी भन्न रुचाउनेहरुले नै गर्दै आएका छन् । यी तर्कहरुको सच्चा माक्र्सवादीहरुले पनि कुनै व्यावहारिक खण्डनमण्डन गरिरहेका छैनन् । अझ भन्नुपर्दा तथ्यपरक खण्डन गरिएको पाइँदैन । त्यसैले माक्र्सवादप्रति आकर्षण रहेकाहरुले आपूmलाई नवमाक्र्सवादी भन्न थालेका छन् । त्यसैले यहाँ अहिलेको प्राविधिक विकास, प्रविधिले अतिरिक्त–मूल्यले कस्तो रुप लिएको छ भन्ने बारेमा सामान्य छलफल गरिने छ ।

सामाजिक सञ्जाल, सूचना प्रविधिलाई सेवाभन्दा पनि उद्योगमा दर्ज गरिएको छ । तर वास्तवमा यिनीहरु उद्योग नभएर सेवा अन्तर्गत राख्नु पर्दथ्यो । त्यसैले वर्तमान पूँजीवादी विश्व व्यवस्थामा फेसबुक, ट्वीट, इन्स्टाग्राम, ह्वीचाट, ह्वाटस्प, टिकटक जस्ता सामाजिक सञ्चालकहरुले अहिले अति थोरै लगानीमा करोडौं प्रतिशतसम्म मुनाफा कमाएका छन् । यसरी कमाउनुलाई अहिलेका अर्थविद्हरुले जायज ठान्ने गरेका छन् । उनीहरुको तर्क के छ भने, यसमा ज्यामीको शारीरिक श्रम लागेको हुँदैन । यसमा माक्र्सले भनेको अतिरिक्त—श्रम र अतिरिक्त—मूल्यको कुरा नै आउँदैन भन्ने गरेका छन् । आपूmलाई एक्काइसौं शताब्दिको माक्र्सको दर्जा दिने थोमस पिकेट्टीले कामउन त कमाउ तर केही नहुनेलाई पनि बाँड्ने गर भन्ने गरेका छन् । त्यसैले पछिल्लो प्रविधि कसरी श्रमजीवि मैत्री हुन सकेको छैन, यी प्रविधिहरुको पुँजीवादी दुरुपयोगले नयाँ श्रमजीविहरुमाथि कसरी श्रमशोषण गरिएको छ, अतिरिक्त–श्रम र अतिरिक्त–मूल्यको अवस्था के छ भन्ने बारेमा अहिलेको सन्दर्भमा बुझेर मात्र साम्यवादी आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।

सूचना प्रविधिको विकास

दोस्रो विश्वयुद्धको अन्तसँगै अमेरिका र तत्कालिन सोभियत संघ ध्रुवकाबीचमा भएको शीतयुद्धको क्रममा नक्षत्र युद्धको शुरुआत भएको थियो । तत्कालिन सोभियत संघले ४ अक्टोबर १९५७ मा स्पुट्निकलाई अन्तरिक्षमा पठाएको थियो । उक्त भू–उपग्रहले पहिलो पटक पृथ्वीमा आवाज र संकेत पठाएको थियो । त्यही समयमा अमेरिकाले ठूला कार र टेलिभिजन बनाइरहेको थियो । टेलिभिजनको विकास सँगसँगै कम्युटरको विकास भएको थियो । त्यसपछिका प्रत्येक समयहरु प्रविधि र सूचना प्रविधिको विकासमा खर्चिएका थिए सोभियत र अमेरिकी ध्रुबहरुले । प्रविधिमा तीब्र विकास गरेको सोभियत संघको ९० को दशकमा विघटन भएपछि सूचना प्रविधिमा एकलौटी साम्राज्य अमेरिकाले जमाएको थियो ।

एक्काइसौं शताब्दिमा पदार्पण गरेसँगै सूचना प्रविधिलाई आधार मानेर सामाजिक सञ्जालको विकास भयो यसले विश्वमा फरक खालको क्रान्ति ग¥यो । यसरी सूचना प्रविधिको विकास र त्यसमा जोडिएर आएको सामाजिक सञ्जाललाई लिएर आपूmलाई माक्र्सवादी भन्न रुचाउनेहरुले पनि सही विश्लिेषण गर्न सकेनन् । उनीहरुको तर्क विविध खालाको रह्यो । केहीले के भन्न थाले भने अब बलपूर्वक गरिने क्रान्ति सम्भव रहन सक्दैन । त्यसैले शान्तिपूर्ण संसदीय व्यवस्थामा नै आत्मासमर्पणको विकल्प रहेको छैन । अर्का केहीले प्रविधि नै उत्पादक शक्ति भयो त्यसैले यो युग समाजवादको युग हो । त्यसैले पुँजीवादीहरुसँग प्रतिस्पर्धा गरेर सामजवाद लागू गर्न सकिन्छ । माक्र्सवादी कित्तामा देखिएका यी दुवै अवैज्ञानिक धारणालाई स्पष्ट पार्दै वैज्ञानिक धारणाहरुको विकास गरेर मात्र माक्र्सवादको सही प्रयोग गरेर मानव समाजलाई उच्च मानवको विकास गर्न सकिन्छ । समानतामूलक समाजको निर्माण गरी आवश्यकताको दुनियाँबाट स्वतन्त्रताको दुनियाँमा पदार्पण गर्न सकिन्छ ।

सूचना प्रविधि–जहाँ सामाजिक सञ्जाल पनि पर्दछ–को प्रभाव

नक्षत्र युद्धको दौरानमा अन्तरिक्षमा भूउपग्रहले प्रवेश पाएपछि विकिपिडियाका अनुसार व्यक्तिगतरुपमा पाउल बारानले ५० को दशकमा नेटवर्कमा आधारित डाटा म्यासेज टाइम शेयरि कम्प्युटको माध्यमबाट वितरण गर्ने प्रविधिको प्रस्ताव राखेका थिए । ६० को दशकमा डोनाल्ड डेभिडले कल्पना गरेको इन्टरनेटलाई १९८९–९० मा टिम बर्नर–लिले वोल्र्ड वाइड वेबको रुपमा विकास गरेका थिए । ९० को दशकको मध्यतिर नै इन्टनेटमा क्रान्ति भएको थियो । यसलाई शुरुमा इलेक्ट्रोनिक मेल, इन्स्ट्यान्ट म्यासेजिङ्ग, संस्कृति, बाणिज्य, र प्रविधि, इनर–इन्स्ट्यान्ट, इन्टरनेटको माथिबाट आवाज पठाउने, भिडियो चाट गर्न सक्ने बनाइएको थियो । यसले गर्दा एकातिर इन्टरनेट बस्तु बन्न पुग्यो भने अर्कोतिर यसरी विकास गरिएका प्रविधिलाई सामाजिक सञ्जालको विकास भएको थियो । अहिले उक्त सामाजिक सञ्जाल मानव समाजमा जीवन पद्धतिमा परिणत भएको छ ।

सूचना प्रविधि र सामाजिक सञ्जालले संसारलाई अज्ञेयबाट ज्ञेय, टाढाबाट नजिक र अपरिचितबाट परिचित बनाइदिएको छ । असामाजिकबाट सामाजिक बनाइदिएको छ । यसका साथै खोज, अनुन्धान, आविस्कार गर्नका लागि सहज र सरल बनाइदिएको छ । त्योभन्दा पनि बस्तुहरु इन्टरनेट बस्तुमा परिणत भएका छन् । शारीरिक श्रमलाई तीब्ररुपमा बौद्धिक श्रममा परिणत गरिदिएको छ । जसले गर्दा अर्थोडक्स साम्यावादीहरुलाई परम्परागत श्रमिक र क्रान्तिको मुख्य शक्तिको पहिचान गर्न नसकेर क्रान्तिबाट नै च्युत हुने अवस्था आएको छ ।

पछिल्लो क्रममा भएको सूचना प्रविधि र सामाजिक सञ्जालको विकासले मानव विकासमा उपलब्धि मात्र दिएको छैन । यसले व्यक्तिगत र सांगठानिक सूचनाहरुको चोरी भएको छ । पुँजीवादी जसको नियन्त्रमा सूचना प्रविधि र सामाजिक सञ्जाल रहेका छन्, उनीहरुले आधुनिक श्रमिकहरुको श्रम र अतिरिक्त–श्रममाथि भीषण शोषण भएको छ । यिनीहरुकै हातमा अकुत पुँजी जम्मा हुन गएको छ । यसले गर्दा एकातिर विश्वमा भयानक असमानता कायम भएको छ भने अर्कातिर मानसिक र शारीरिक संक्रमण तीब्र हुन पुगेको छ । फर्बेसको २०२१ को अध्ययन अनुसार अमेजन कम्पनीकाका मालिक अमेरिका निबासी जेफ बेजोससँग १७७ बिलियन अमेरिकी डलर, अमेरिका कै इलोन मस्कको १५१ बिलियन, फ्रान्सका बर्नाड अमुल्टको १५० बिलियन, अमेरिकाका माइक्रोसफ्टका मालिक बिल गेटस्को १२४ बिललियन, फेसबुकका मालिक मार्क जुकर्बर्गको ९७ बिलियन, अमेरिकी वारेन्ट बफेटको ९६ बिलियन डलर पुँजी रहेको छ ।१ यी तथ्यहरुले दुईटा कुरालाई स्पष्टरुपमा उजागर गर्दछ । पहिलो यिनीहरु मुख्यरुपमा अप्लिकेशन निर्माता र सामाजिक सञ्जाल सञ्चालकहरु हुन् । जसमा शारीरिक श्रमभन्दा बौद्धिक श्रमको लगानी बढि हुन्छ । दोस्रो कुरा यिनीहरुले सामाजिक सञ्जाललाई, अप्लिकेशनलाई जबर्जस्त अत्यावश्यक उपभोग्यबस्तु बनाएका छन् । मानव जीवनको आधारभूत आवश्यकताहरुभन्दा पनि यसलाई उपभोग्यबस्तुको रुपमा विकास गरेर एकलौटी बजार बनाइएको छ । यी अप्लिकेशनहरुका माध्यमबाट अतिगोप्य आदत, सूचनाहरुलाई एउटै डाटा सेन्टरमा जम्मा गरिन्छ । ती सूचनाहरुलाई मालिकहरुले निगम पुँजीवादका नाइकेहरुलाई बेचेर उनीहरुलाई राजनीति, कुटनीति गर्न, शोषणका नयाँनयाँ रुपहरु विकास गर्न र उत्पीडन थोपर्न सहायक बनाउँ छन् ।

व्यक्तिगत सूचनाको उत्पादन र बिक्री

सामाजिक सञ्जालहरुले सजिलैसँग व्यक्तिको बारेमा विस्तारमा जानकारी राख्दछन् । कुनैपनि व्यक्ति सामाजिक सञ्जालमा जोडिनका लागि पहिला नै कुनै गजेटमार्फत्् प्रवेश गर्नुपर्दछ । यसरी प्रवेश गर्दा जिएसएम डाटाबेसमा पहुँच पुग्नु पर्दछ । यसकालागि सम्बन्धित सञ्जालले व्यक्तिको व्यक्तिगत विवरण माग्दछ । उदाहरणका लागि नाम, ठेगाना, जन्म मिति । त्यसपछि गजेट खोल्नका लागि प्याट्रनका नाममा फेस डिटेक्सन, आँखाको नानीको स्क्यान, फिङ्गर प्रिन्ट माग्दछ । बुझिराख्नु पर्ने कुरा के हो भने विश्वका कुनैपनि मान्छेको फिङ्गर प्रिन्ट एकको अर्कासँग मिल्दैन । यिनै सामाजिक सञ्जालमा पोस्ट गरिएका, कमेन्ट गरिएका वा राखिएका तस्बिरहरु कुनै व्यक्तिका बारेमा जानकारी राख्ने सबैभन्दा बढि भरपर्दा तथ्यहरु हुन् । यी सामग्रीहरुलाई सम्बन्धित सामाजिक सञ्जाल सञ्चालकले राज्यलाई बेच्दछ । जसका बारेमा २०१६ मा फेसबुकका कार्यकारी निर्देशक जुगरबर्गका विरुद्ध मुद्दा परेको थियो । पत्रिकामा समाचार छापिएपछि जुगरबर्गले सीएनबीसीलाई मान्छेका सूचनाहरु नियन्त्रण गर्न प्रयाप्त सुविधा दिन सकिएको छैन, हामीले डेप्लोपरहरुलाई तिनीहरुले सूचनाको सुरक्षित बनाएका पनि छन् भन्ने निश्चित हुनुपर्दछ४ । यस्ता सञ्जालहरुले व्यक्तिगत सूचना बेच्दछन् भन्ने कुराको ठूलो प्रमाण हो । साथै एक जनाले फेसबुक अकाउन्ट खोले बापत अमेरिकी सरकारले फेसबुकलाई १ सय ७० डलरमा दिन्छ । नत्र किन अमेरिकाले प्रतिव्यक्ति यतिको पैसा किन लगानी गर्दछ र ?

प्रविधिद्वारा सिर्जित अतिरिक्त–मूल्य

अब अहिलेका सूचना वा सामाजिक सञ्जालको प्रविधिको पूर्ण उत्पादन हुन कुन–कुन चरण पार गर्नुपर्दछ भन्ने बारेमा सामान्य जानकारी राखौं । कुनै अप्लिकेशन निर्माण गर्दा ९ वटा स्टेपहरु पर गर्नु पर्दछ । पहिला अप्लिकेशनको रेखांकन(स्केच)को धारणा तयार पारिन्छ । त्यसपछि केही बजारको अनुसन्धान गर्ने, तेस्रो अप्लिकेशनको नक्कल तयार पार्ने, चौथो अप्लिकेशनको ग्राफिक तयार पार्ने, पाँचौं अप्लिकेशनको ल्याण्डिङ्ग पेज बनाउने, छैठौं अप्लिकेशनलाई एक्सकोड र स्विफ्ट बनाउने, सातौं अप्लिकेशन स्टोरमा अप्लिकेशन लञ्च गर्ने, आठौं तयार पारिएको अप्लिकेशनलाई जुन उद्देश्यसहित जुन बजारका लागि तयार पारिएको हो त्यहीका जनतालाई पु¥याउने र नवौंमा प्रयोगकर्ताहरुको सुझाव अनुसार अप्लिकेशनलाई परिमार्जित गर्दै जाने ।२ यसरी हेर्दा सबै कामहरु आधुनिक श्रमजीविहरुले गर्दछन् । त्यसका लागि प्रतिघण्टा ११ डलरबाट शुरु गरेर अतिदक्षलाई ६० डलरसम्म दिने गरेको छ ।

नेपालमा प्रविधिलाई उत्पादक शक्ति मान्ने माक्र्सवादीहरुको कमी छैन । उनीहरुका लागि प्रविधिको विकासले क्रान्ति सम्पन्न भएको छ भने, प्रविधिलाई हाउगुजी मान्नेहरुका लागि क्रान्ति नै असम्भव रहेको छ । त्यसैले यी दुवै तर्कहरुलाई खारेज गर्नका लागि प्रविधिद्वारा सिर्जित अतिरिक्त–मूल्यको बारेमा जानकारी राख्न जरुरी छ ।

कार्ल माक्र्सको भनाइमा पुँजी ‘C’ दुईथरी संघटकहरुको योगफल हुन्छ । त्यसको एउटा संघटक मुद्राको त्यो रकम हुन्छ, जुन उत्पादनका साधनहरुमा खर्च गर्ने गरिन्छ । र, त्यसलाई ‘C’ बाट इङ्गित गर्न सकिन्छ । अनि अर्को संघटक मुद्राको त्यो रकम हुन्छ जुन श्रम—शक्तिमा खर्च गर्ने गरिन्छ । र, त्यसलाई ‘v’ बाट इङ्गित गर्ने गरिएको छ अर्थात ‘C’ पुँजीको त्यो भाग हो जुन स्थिर पुँजी बन्न पुगेको छ भने ‘ख’ त्यो भाग हो जुन परिवर्तनशील पुँजी बन्न पुगेको छ ।१ उनका अनुसार जतिबेला उत्पादन प्रक्रिया टुंगिन्छ, त्यतिबेला हामीसँग त्यस्तो माल हुने छ जसको मूल्य = (C + v ) + s हुनेछ, जहाँ s अतिरिक्त—मूल्य हुन्छ । २

बिल गेटस्को आइफोन कम्पनीद्वारा निर्मित आइफोन ११ म्याक्सको सेन्सर, होल्डिङ्ग मटेरियल, एसेम्ब्लिङ्ग (यस भित्र कामदारको श्रम पनि पर्दछ ।) र, अरु सबै गरेर १ सय ८१ अमेरिकी डलरमा तयार हुन्छ, जसले सम्पूर्ण उत्पादन मूल्य भनेर ४ सय ९०.५० डलर तोकेको हुन्छ । तर यसको बजार बिक्री मूल्य १ हजार ९९ अमेरिकी डलर तोकिएको हुन्छ ।६ आइफोनको उक्त लगानी, नाफा र बिक्री मूल्यका बारेमा भारतीय टिभी प्रशारण संस्था जी टीभीले पनि प्रसारण गरेको थियो । माथिको उदाहरणले के माक्र्सले प्रतिपादन गरेको अतिरिक्त—मूल्यको सिद्धान्तलाई पुनर्पुष्टि गर्दैन र ?

माक्र्सले स्थिर पुँजीबाट गतिशील पुँजीमा रुपान्तरण हुँदा लागू हुने सूत्रमा राख्ने हो भने आइफोनको एउटा ११ म्याक्स बनाउदा हुने लगानी C + v = १८१ अमेरिकी डलर हुन आउँछ । तर, त्यसको बजार मूल्य भने C + v + s = १०९९ अमेरिकी डलर हुन्छ । यहाँ दिइएको सूत्र अनुसार ९१८ अमेरिकी डलर त अतिक्ति—मूल्य मात्र हुन्छ, जुन अतिरिक्त—श्रम मात्र हो । अतिरिक्त—मूल्य आइफोन कम्पनीले स्थिर पुँजी मतलव सामग्री, मसिनको घिसावट, श्रमको मूल्य तिरेकोको ५ गुनाभन्दा बढि नाफा गर्दो रहेछ ।

विश्वको दोस्रो ठूलो सामाजिक सञ्जाल फेसबुकका निर्माता मार्क जुगरवर्गले २००५ मा डोमेन बनाएर बजारमा ल्याउँदा जम्मा २ लाख डलर खर्च भएको थियो । फेसबककै वेभसाइटमा दिइएको तथ्यांकअनुसार १६ वर्षको दौरानमा त्यसको पुँजी ९ सय बिलियन डलर पुगेको छ । यसरी १६ वर्ष अगाडिको गरिएको लगानी र हालको पुँजीको अनुपात ४५ करोड हुन पुग्दछ ।

माथिका तथ्यहरुबाट पछिल्लो क्रममा भएको प्रविधि, सूचना प्रविधि र त्यसैको विकसितरुप सामाजिक सञ्जालद्वारा वर्तमान पुँजीवादी विश्व व्यवस्थाले सबैखाले श्रमिकहरुमाथि अदृश्य÷सदृश्य भयानक शोषण गरेको पुष्टि हुन्छ । उत्पादन प्रचुर छ, तर वितरण असमान छ । यस पृथ्वीका अर्बौ मान्छेलाई नियन्त्रणमा राखेको छ । उत्पीडनका विविधरुप अपनाएको छ । आतंकित तुल्याएको छ । विश्वको पछिल्लो विकास, प्रविधिले ल्याएको अतुलनीय परिवर्तन, मान्छेको बन्दै गएको उपभोगितामूलक आदतबाट आजित भएकोकारण नखोजेर भौतरिरहेकाले विश्वमा क्रान्ति हुन सकेको छैन ।

अब के गर्ने ?

पहिलो औद्योगिक क्रान्ति हुँदै गर्दा १८११ देखि १८१६ सम्म इङ्गल्याण्डको नोटिङ्गघममा लुडाइट मजदूरहरुद्वारा कपडा उद्योगका मसिन तोड आन्दोलन गरेका थिए । लुडाइटहरुले मालिकले मसिन ल्याएकाले आफ्नो मजदूरी गुमेको निष्कर्ष निकालेका थिए । यो उनीहरुको मुर्खता थियो । ठीक यसैगरी अहिले पनि केही मान्छेले प्रविधिको तीब्र विकासले लाखौंलाख मान्छेको जागीर धरापमा परेको, उद्योग र कृषिमा भन्दा पनि सेवामा कार्यरतहरुको संख्या बढेकाले माक्र्सवादी आन्दोलन शून्य प्रायः भएको तर्क गरिराखेका छन् । सबैभन्दा पहिला यी तर्कहरुलाई पूर्णरुपले खारेज गर्नुपर्दछ ।

पहिलो बुझ्नु पर्ने कुरा के हो भने विज्ञान र प्रविधिलाई कसैले एकलौटि बनाउन सक्दैन । यी त सिंगो मानव समाजको विकास र कल्याणका लागि हुन् । यी त प्रकृतिमा रहस्यका रुपमा रहेका तथ्यहरुको खोजीबाट समाधान गरिएका सवालहरु हुन् । सबैभन्दा वैज्ञानिक भन्नेहरुले यी आबिस्कार, खोज र अनुसन्धानहरुलाई आत्मासात गर्नु पर्दछ । यस्तो अवस्थामा श्रमजीवि वर्गले प्रविधिलाई आफ्नो नियन्त्रणमा राखेर अझ विकास गर्दै पुँजीवादीहरुले थोपर्दै आएको शोषण, दमन र उत्पीडनबाट सिंगो संसारलाई मुक्त गर्नु पर्दछ । अझ बुझ्नु पर्ने कुरा के हो भने एउटा अप्लिकेशन बनाउन पार गर्नु पर्ने नौवटा स्टेपहरुका परिचालक र सञ्चालक भनेका नयाँ श्रमिकहरु हुन् । वास्तवमा विकसित प्रविधिको दुनियाँमा तिनीहरु नै श्रम—शक्ति हुन् । अहिलेसम्मको मानव इतिहासलाई अध्ययन गर्दा श्रमिकहरुले नै प्रविधिको विकास र सञ्चालन गरेका हुन् । अहिलेको मुख्य चुनौति भनेको वास्तविक श्रमिकहरुको हातमा उत्पादनका साधन पु¥याउनु हो । श्रोत : जनखबर  डट कम 

नोट:

१) richest man in the world 2021 forbes

२) How to make an app by Reinder de Vries

३)पुँजी भाग १ अध्याय ः नौ उपखण्ड— १ पेज १५१, हरफ २

४) ऐ ऐ

५) सीएनबीसी, PUBLISHED MON, APR 9 20182:00 PM EDT

६) www.highsnobiety.com/p/how-much-apple-iphone-cost-to-make/

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६