सुदूरपश्चिममा १७ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

२७ जेष्ठ २०७८, बिहीबार १६:३९ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका १७ सांसदलाई स्पष्टीकरण सोधेको छ । उनीहरुलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोधिएको प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए ।

एमालेको संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री भट्लाई विश्वासको मत दिने निर्णय गरेको थियो । जनता समाजवादी पार्टी (जसपा) र ओली पक्षका सात सांसदले भने विपक्षमा मतदान गरेका थिए । संसदीय दलले उनीहरुसित मंगलबार नै स्पष्टीकरण मागेको थियो ।

एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि संसदीय दलले उक्त निर्देशनलाई चुनौती दिएको थियो । एमाले प्रदेश कमिटीले खनाल–नेपाल समूहका १७ सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस !