नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२७ जेष्ठ २०७८, बिहीबार १८:३३ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले नागरिकतास सम्बन्धी अध्यादेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ । सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

राष्ट्रपतिबाट जारी गरिएको नागरिकता अध्यादेश सम्बन्धी रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगराउन अन्तरिम आदेश जरी गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश दिएको हो ।



प्रतिक्रिया दिनुहोस !