थप ३,७४९ जनामा कोरोना संक्रमण, ५९ जनाको मृत्यु

२७ जेष्ठ २०७८, बिहीबार १८:४९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा हजार ३ हजार ७४९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने ५९ जनाको मृत्यु भएको छ ।

त्यस्तै २४ घण्टामा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा आजसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !