कोरोनाविरुद्धको खोप सकिएपछि काठमाडौँ महानगरपालिकाद्वारा खोप कार्यक्रम स्थगित

२८ जेष्ठ २०७८, शुक्रबार ००:१२ मा प्रकाशित

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरेको बताएको छ । विहिवार साझ एक सुचना जारि गर्दै महानगरका ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुनपुगेको बताएको छ।

महानगरपालिकाले गएको मंगलबारदेखि खोप कार्यक्रम संचालन गरेको थियो।

काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि जारी कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए।

नेपाल सरकारलाई गएको हप्ता चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो। यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्षभन्दा माथि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो।

‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौँ। अहिले २८ हजारलाई लगाइसकेपछि रोक्नुपरेको छ,’ जनस्वास्थ्य प्रमुख कुँवरले भने।

अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित नभएको शहरी जनस्वास्थ्य प्रमुख कुँवरले बताए। कार्यक्रम अनुसार काठमाडौँ महानगरले गएको मंगलबार देखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकि खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो। महानगरले आजसम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६