वाग्मती सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

२९ जेष्ठ २०७८, शनिबार १६:०० मा प्रकाशित

काठमाडौं । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । बिहीबार वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार भएको छलफल भएको थियो ।

नीति तथा कार्यक्रमाथि सत्तपक्षकै सांसदहरुले संशोधनका बुँदा पेश गरेका थिए । प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रम पुरानै ढर्रामा नयाँ हावदारी कार्यक्रम भएको टिप्पणी गरेका थियो ।

सांसदहरले उठाएका प्रश्नको संसदमा जवाफ दिदै मुख्यमन्त्री पौडेलले कोरोना महामारी नियन्त्रण, उपचार र व्यवस्थापनमा जनतालाई केन्द्र विन्दुमा राखेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि बैठक असार १ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस !