युरो 2020: स्वीट्जरल्यान्डसँग वेल्स बराबरीमा रोकियो

२९ जेष्ठ २०७८, शनिबार २३:१५ मा प्रकाशित

काठमाडौं । युरोकप फुटबलमा वेल्स र स्वीट्जरल्यान्डले बराबरी खेलेका छन् । शनिबार अजरबैजानको बाकुमा बराबरी खेल्दै दुवै टिमले अंक बाँडेका हुन् ।

वेल्स र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेले । स्वीजरल्यान्डका लागि ब्रेल इम्बोलोले गोल गरेका थिए । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४९औँ मिनेटमा इम्बोलोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । वेल्सका लागि ७४औँ मिनेटमा मोरेले गोल गर्दै टिमलाई हारबाट जोगाए ।

बराबरीसँगै समूह ‘ए’मा रहेका वेल्स र स्वीट्जरल्यान्डले एक/एक अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस !