ट्विटरमा करिना बहिष्कार अभियान ट्रेन्डमा

३० जेष्ठ २०७८, आईतवार ११:२४ मा प्रकाशित

काठमाडौं । आलौकिक देसाइले निर्माण गर्न लागेको रामायणमा आधारित चलचित्रमा ‘सीता’को भूमिकाका लागि १२ करोड मागेको चर्चापछि अभिनेत्री करिना कपुर विवादमा आएकी छन् ।

यसबारे कुनै आधिकारिक कुरा बाहिर नआए पनि सोही विषयमा अहिले ‘बलिउड बेबो’ करिना सामाजिक सञ्जाल ट्विटरमा निसाना बनेकी छन् । ट्विटरमा अहिले करिनालाई बहिष्कारको ट्रेन्ड चलेको छ । ह्यासट्याग बोयकटकरिनाकपुरखान ट्रेन्डमा आएको छ ।

ट्विटर प्रयोगकर्ताहरुले तैमुरकी आमा सीताको भूमिकामा हुन नसक्ने बताइरहेका छन् । सीताको नभई करिनाले शुर्पणखाको भूमिका निभाउनुपर्ने उनीहरुको भनाइ छ । यस्तै, केही प्रयोगकर्ताहरुले सीताको भूमिकाका लागि कंगना रनौतको नाम सुझाएका छन् । नवभारत टाइम्सबाट ।

प्रतिक्रिया दिनुहोस !