जसपाद्वारा थप नौ मन्त्रीमाथि स्पष्टिकरण सोध्यो

३१ जेष्ठ २०७८, सोमबार १२:३२ मा प्रकाशित

काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टिकरण सोधेको छ ।

पार्टीको निर्णय बिना सरकारमा सहभागी भएको  भन्दै ९ जना मन्त्रीलाई सात दिने स्पष्टीकरण सोधेका हुन् । उनीहरू पार्टी नीतिविपरीत ओली नेतृत्वको सरकारमा सहभागी भएकाले आइतबार स्पष्टीकरणको पत्र पठाइएको नेता इस्तिहाक राईले बताए ।

स्पष्टिकरण सोधिएका मन्त्रीहरुमा दोस्रो पटक मन्त्री भएका राजकिशोर यादव समेत रहेका छन् । यसअघि यादवले  अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाट निस्कासन गरेका थिए। कारवाहीमा परे लगत्तै ठाकुरले पनि आफ्नो पक्षीय बैठक राखि उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेका थिए ।

तर, दुवै पक्षको कारवाहीलाई निर्वाचन आयोगले खारेज गरेको छ । दुवै पक्षको कारवाही दल सम्बन्धि कानून र संविधान अनुसार नभएको भन्दै आइतबार आयोगले खारेज गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस !