इजरेलमा १२ वर्षपछि नेतान्याहु सत्ताबाट बाहिरिए, प्रधानमन्त्रीमा बेनेट चुनिए

३१ जेष्ठ २०७८, सोमबार १२:४६ मा प्रकाशित

काठमाडौं । इजेरेलको राज्य सत्तामा बह्र वर्षसम्म एकछत्र कार्यकारी प्रमुखको भूमिकामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार सत्ताबाट बाहिरेका छन् । इजरेलको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका हुन्।

आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले नेतन्याहूलाई झिनो ६०५९ बहुमतका आधारमा गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएका हुन्।
संसदमा भएको मतदानमा बेनेटको पक्षमा ६० र नेतन्याहूको पक्षमा ५९ मत आएको थियो

सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार बेनेट सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन्। इजरेलको इतिहासमा सर्वाधिक लामो सयम सत्तामा रहेका ७१ वर्षीय दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख नेतान्याहु सत्ताबाबट बाहिरिनुलाई विश्लेषकहरुले एक युगको अन्त्य भएको घोषणा गरेका छन् ।

सत्ताबाट बाहिरिपछी उनले संक्षित प्रतिक्रिया दिँदै आफु छिट्टै सत्तामा फर्किने दावी गरेका छन् । बेनेट सत्तामा आएसंगै प्यालेस्टिनीसंगको सम्बन्ध कस्तो रहन्छ भन्ने कुरा निकै चासो साथ हेरिएको छ ।

सन् १९६७ देखि सीमा सम्बन्धि विवादित भूमि जेरूसलेम राजधानी रहेको प्यालेस्टिनी राज्य माग गर्दै लाखौंले ज्यान गुमाइसकेका छन् ।

यस्तै, इजरेलको सत्ता परिवर्तनलाई अमेरिकी राष्ट्रपति जो बाइडनले स्वागत गर्दै नव निर्वाचित प्रधानमन्त्री बेनेटलाई बधाई सन्देश पठाएका छन् । आफूले उनीसँग काम गर्न चाहेको बताएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस !