कोपा अमेरिकामा: ब्राजिल र कोलम्बियाको विजयी सुरुआत

३१ जेष्ठ २०७८, सोमबार १३:०८ मा प्रकाशित

काठमाडौं । आयोजक ब्राजिलले ४७ औं संस्करणको कोपा अमेरिका फुटबलमा विजयी सुरुआत गरेको छ । गएराति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।

ब्राजिलका लागि मार्क्विनहोस, नेमार र गाब्रिएल बार्बोसाले गोल गरे । जितपछि ब्राजिलले समूह बी मा ३ अंक जोडेको छ ।

यस्तै समूह बी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा कोलम्बियाले इक्वेडरलाई १-० ले पराजित गरेको हो ।

ब्राजिलको एरेना पान्तानाल स्टेडियममा भएको खेलमा कोलम्बियाका लागि एडविन कार्डोनाले निर्णायक गोल गरे । उनले खेलको ४२औं मिनेटमा मिगुएल बोयाको पासमा गोल गरेका थिए ।

जितपछि कोलम्बियाले ३ अंक जोडेको छ । यसअघि उद्घाटन खेलमा समूह बी कै ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !