सुर्खेतमा असार १० सम्म निषेधाज्ञा थप

३१ जेष्ठ २०७८, सोमबार १६:०७ मा प्रकाशित

सुर्खेतमा जारी निषेधाज्ञा असार १० गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले केही खुकुलो बनाएर असार १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

‘जिल्लामा संक्रमणको स्थिति अझै जटिल छ । संक्रमणको जालो नतोड्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम देखिन्छ, आजको डीसीएमसीको बैठकले असार १० गतेसम्मका निषेधाज्ञा थप्ने निर्णय गरेको छ,’ प्रजिअ रिजालले भने ।

 

प्रतिक्रिया दिनुहोस !