सुनकोशीमा बेवारिसे शव फेला

२ असार २०७८, बुधबार २०:५१ मा प्रकाशित

सिन्धुली । सुनकोशी नदी अन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । बुधबार साँझ पानीको सतहमा तैरँदै गरेको अवस्थामा शव भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी–६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका–६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन् ।

कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस !