इटलि नकआउटमा, टर्की घर फर्किदा वेल्सको सम्भावना जिवितै

३ असार २०७८, बिहीबार ०६:४१ मा प्रकाशित

काठमाडौं । नेपाली समयअनुसार गए साँझ र राति भएको युरोकप खेल अन्तर्गत खेलमा रुस, वेल्स र इटली विजयी भएका छन् ।

मध्यराति भएको खेलमा इटलीले स्विजरल्याण्डमाथि ३ –० को शानदार जित निकाल्दै नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ ।

मिडफिल्डर मानुअल लोकातेली चम्किदा इटली हावी भएको थियो । पहिलो हापको २६ औं मिनेटमा बेराडीको पासमा  गरेका लोकतेलीले दोस्रो हापको ५२ औं मिनेटमा बरेल्लाको पासमा अर्को गोल गरेका थपेका थिए । ८९ औं मिनेटमा फरवार्ड सिरो इमोबिलेले गोल थप्दा समग्रमा ३–० को जितसँगै दुई खेलमा ६ अंक जोडेर समुहचरणको शिर्ष स्थानमा रहँदै सबैभन्दा पहिला नकआउट चरण पुग्ने टोली बनेका हो । इटलीले अझै एक खेल खेल्न बाँकी छ । समान खेलबाट वेल्स ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

रसियाद्वारा फिनल्याण्ड स्तब्ध 

बुधबार साँझ भएको अर्को खेलमा रसियाले फिनल्याण्डलाई १–० ले स्तब्ध गरेको छ । पहिलो हापको अतिरिक्त समयमा रसियाका अलेस्के मिरानचुकले गोल गरेपछि बाँकी खेलमा कुनै गोल हुन सकेन ।

यो जितसँगै समुहचरणमा दुई खेलबाट ३ अंक बटुलेको रसिया समान खेलबाट समान अंक बटुलेको फिनल्याण्डसँग गोल अन्तरमा तल परेको छ ।

तर १/१ खेल खेलेका बेल्जिएम ३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने डेनमार्क अंकरहित चौथो स्थानमा रहेको छ । विहिबार राति हुने खेलमा बेल्जियम र डेनमार्क भिड्न लागिरहेका छन् ।

टर्की बाहिरियो, वेल्सको सम्भावना कायमै 

बुधबार साँझ नै भएको अर्को खेलमा वेल्ससँग टर्की २–० ले स्तब्ध बनेसँगै समुहचरणबाटै घर फर्किएको छ ।

वेल्सका आर्यन रामेस्सील ४२ औं मिनेटमा कप्तान बेलको पासमा सहज गोल गरेर अग्रता बनाएको वेल्सका कप्तान बेलले ६१ औं मिनेटमा पाएको पेनाल्टी पोष्ट माथि हावामा उडाएका थिए । उनै बेलको पासमा दोस्रो हापको अतिरिक्त समयमा रोबट्र्सले गोल थपेसँगै वेल्सले नकआउट चरण पुग्ने सम्भावना जिवितै राखेको छ भने टर्की समुह चरणका दुवै खेलमा स्तब्ध बन्दै घर फर्किने बाटो तताएको छ ।

समुहचरणमा अर्को समान खेल खेलेको स्विजरल्याण्डको १ अंकसहित तेस्रो स्थानमा छ भने वेल्स ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !