आज २६०७ जनामा कोरोना संक्रमण, ३९ जनाको मृत्यु

३ असार २०७८, बिहीबार १८:३१ मा प्रकाशित

नेपालमा थप २६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा कोरोना संक्रमणका कारण थप ३९ जनाको मृत्यु भएको हो।

यससँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ८५९७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस !