नेपाल–चीन सीमा क्षेत्रमा थुनिएको तामाकोशी नदीको बहाब घटाउन जलाशय खालि गरिदै

५ असार २०७८, शनिबार १३:०२ मा प्रकाशित

काठमाडौं । अविरल वर्षाको कारण नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङग्री काउन्टीको रोङ्जिया सहरमा पहिरोले नदीको प्रवाह रोकिएपछि तामाकोसी नदीको तटीय क्षेत्रका बासिन्दालाई जोगाउन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गर्न थालिएको छ ।

शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहायक रोङ्सी खोला थुनिएको जिल्ला प्रशासन कार्यलय दोलखाले जनाकारी दिएको छ । प्रशासनले जनाए अनुसार पहिरोले थुनिएको खोला ताल बनेर बसेकोले जलाशयबाट पानी छाडिएको हो ।

अहिले सो आसपासको क्षेत्र र तामाकोसी तटिय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ । यस्तै, पाँच हजार घनमिटर क्षमता रहेको ताकाकोसी तटबन्धनको पानीको सतह १९ सय ७८ मिटरमा झार्ने काम भइरहेको जिल्ला प्रशासन कार्यलय दोलखाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति नै चीनको तिङ्ग्री सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर तामाकोसी नदी थुनिएको सूचना प्राप्त भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस !