यूरो २०२०: स्विडेनको पहिलो जित निकाल्दा स्कटल्याण्डले इंगल्याण्ड सग र चेक रिपब्लिक र क्रोएसियाले बाँडे अंक

५ असार २०७८, शनिबार १३:२३ मा प्रकाशित

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा स्विडेनले पहिलो जित निकालेको छ । पहिलो खेलमा स्पेनसँग गोल रहित बराबरी खेलेको स्विडेनले पहिलो जित निकालेको हो । शुक्रबार भएको समूह चरणको दोस्रो खेलमा स्विडेनले स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गरेको हो । रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औँ मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् । जितसँगै समूह ‘ई’ मा रहेको स्विडेनले २ खेलमा ४ अङ्क जोडेको छ । समूहको स्विडेन शीर्ष स्थानमा छ ।


यस्तै समूह डि को दोस्रो खेलमा स्कटल्याण्डले इंगल्याण्ड सग तथा चेक रिपब्लिक र क्रोएसियाले बराबरी खेलेको छ।
खेलमा चेक रिपब्लिकले पेनाल्टीमार्फत सुरुआती अग्रता लिएको थियो । ३७औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

क्रोएसियाका डेजान लोभरेनले प्याट्रिकलाई फल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । जसमा उनले सहजै गोल गरे । यस संस्करणमा उनको यो तेस्रो गोल हो ।

तर, दोस्रो हाफको सुरुमै क्रोएसियाले गोल फर्कायो । ४७औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । उनले आन्द्रे क्रमारिचको पासमा गोल गरेका हुन् ।

बराबरी पछि समूह डी मा अपराजित चेक रिपब्लिक र इंग्ल्याण्ड २ खेलबाट ४ अंक जोडेर क्रमस पहिलो र दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस !