राष्ट्रसङ्घद्वारा म्यानमारको सैनिक माथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित

५ असार २०७८, शनिबार १३:२७ मा प्रकाशित

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा सैनिक सरकारलाई दवाव दिन त्यस देशका सेनालाई हतियार आपूर्ति नगर्न अन्य देशलाई आग्रह गरेको छ। गत फेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्त गरी सेनाले सत्ता हातमा लिए पछि म्यान्मारमा हतियार आपुर्ति बन्द गर्न आग्रह गरिएको हो । महासभाले म्यान्मारसम्बन्धि एक प्रस्ताव पारीत गर्दै म्यानमारमा भएको सैनिक ‘कू’ को निन्दा गरेको छ ।

राष्ट्रसङ्घले निर्वाचित नेत्री आङ सान सू चीसहितका राजनीतिक बन्दीलाई मुक्ति गर्न र शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध हिंसक दमन बन्द गर्न आह्वान पनि गरेको छ।

म्यान्मारका लागि राष्ट्रसङ्घीय विशेष दूत क्रिस्टिन श्नानर बुर्गनरले म्यान्मारमा ठूलो गृहयुद्धको जोखिम रहेको भन्दै सैनिक सरकालाई दावाव दिन ढिलो भइसेको बताएका छन् । सैनिकले सत्ता हातमा लिएपछि म्यानमारमा हजारौंले ज्यान गुमाइसकेका छन् । लाखौं विस्तापित भएका छन् ।

जननिर्वाचित सरकारलाई अपदस्त गरी सैन्य शासन लागू भएकोमा विश्वभरबाट निन्दा र भत्सना गरिएको छ । म्यानमारको सैन्य सरकारलाई हतियार आपुर्तिमा प्रतिबन्ध लगाउनु पर्ने प्रस्तावको पक्षमा ११९ राष्ट्र उभिएको बीबीसीले जनाएको छ । राष्ट्रिसंघीय सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्र चीन र रसीया प्रस्तावको विपक्षमा उभिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस !