मनसुनी प्रभाव कायमै, आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह

६ असार २०७८, आईतवार ०९:३४ मा प्रकाशित

जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ ।

विभागका अनुसार हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखादेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ् सहित धेरै भारीवर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !