भारतमा कोरोनाका दैनिक संक्रमित संख्या ८८ दिनयताकै कम

७ असार २०७८, सोमबार १२:४४ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा निरन्तरको कमी देखिएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ५३ हजारमा झरेको छ । यो संख्या ८८ दिनयताकै हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक हजार ४२२ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि करीब ७ लाखमा झरेको छ । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ९९ लाख ३५ हजार नाघेको छ।

त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण तीन लाख ८८ हजार १३५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतको केरलाबाहेक सबै राज्यमा कोरोनाका १० हजारभन्दा कम नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म भारतमा २८ करोड डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ।

प्रतिक्रिया दिनुहोस !