१६ डिआईजीको सरुवा: अख्तियारमा पन्त, सिआईबीमा सिंह (सूची सहित)

७ असार २०७८, सोमबार २३:०२ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरीका १६ जना डिआईजीको सरुवा गरिएको छ । सोमबार गृहमन्त्री खगराज अधिकारीले डिआईजीको सरुवा गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वसन्तकुमार पन्त सरुवा भएका छन् भने केन्द्रिय अनुसन्धान ब्यूरोमा धीरजप्रताप सिंहलाई सरुवा गरिएको छ । डीआईजी घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत एंव प्रशासन विभागका अनुसार प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसीलाई सरुवा भएका छन् भने प्रदेश–२ मा उमेश रञ्जितकार सरुवा भएका छन् ।

त्यस्तै बागमती प्रदेशमा प्रकाश जंग कार्की सरुवा भएका छन् भने गण्डकी प्रदेशमा दिवेश लोहनी सरुवा भएका छन् । लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा भएका छन् ।


प्रतिक्रिया दिनुहोस !