सर्वोच्चको आदेश सगै २१ मन्त्री पदमुक्त (पूर्णपाठ हेर्नुहोस)

८ असार २०७८, मंगलवार २१:२७ मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारलाई बदर गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तारलाई बदर गरेको हो ।

सर्वोच्चको यो निर्णयसँगै नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि जनता समाजवादी पार्टी (जसपा)सहितका मन्त्री नियुक्ति गरेका थिए ।

प्रतिनिधि सभा विघटन गरेको कामचलाउ चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने उल्लेख गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलेलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !