अदालतको आदेश एमाले एकताका लागि उत्प्रेरणा: योगेश भट्टराई

९ असार २०७८, बुधबार ००:२५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अदालतका पछिल्ला आदेशले एमाले एकताको अपरिहार्यतालाई जोड दिएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा उनले सर्वोच्चको आदेश एमाले एकताका लागि उत्प्रेरणा नै भएको दावी गरेका छन् ।

‘बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’ उनले लेखेका छन् ।

मंगलबार सर्वोच्च अदालतले संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि योगेशले ट्विटरमार्फत यस्तो भनाइ सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !