यूरो २०२०: इंग्ल्याण्ड चेक रिपब्लिकलाई हराउदै बन्यो समूह विजेता, क्रोएसिया पनि नकआउट चरणमा

९ असार २०७८, बुधबार ०९:३८ मा प्रकाशित

काठमाडौं । इंग्ल्यान्ड समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानीको हो ।

वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन् । ज्याक ग्रेलिसको पासमा उनले गोल गरेका हुन् । जारी युरोमा स्ट्रर्लिङको यो दोस्रो गोल हो ।

यस्तै मंगलबार राति भएको खेलमा स्कटल्यान्डमाथि ३–१ गोलको जित निकालेको हो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै क्रोएसिया समूह उपविजबेता बनेको हो ।

ह्याम्पडेन पार्कमा भएको खेलमा क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक–एक गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।

क्रोएसियाका लागि खेलको १७ औं मिनेटमा निकोलाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्यान्डलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ६२ औं मिनेटमा कप्तान मोड्रिचले गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर पारे । ७७ औं मिनेटमा पेरिसिचले गोल गर्दै क्रोएसियालाई ३–१ को जित दिलाए ।

उता हारपछि पनि चेक रिपब्लिक तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई पराजित गरेपछि क्रोएसिया समूह उपविजेता बन्यो ।

३ खेलबाट ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस !