एकै मन्त्रीले पाए पाँच वटा मन्त्रालय, कसले कुन पाए ?

१० असार २०७८, बिहीबार २३:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । बिहीबार मन्त्रीहरुले विभिन्‍न मन्त्रालयको जिम्मेवारी पाएका हुन् । एकै मन्त्रीले सम्हाले पाँच वटा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ, गृह मन्त्रालय र मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालय र मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस !