यूरो २०२०: स्पेनको शानदार पुनरागमनसहित अन्तिम १६ मा, स्विडेन अपराजित

१० असार २०७८, बिहीबार २३:०७ मा प्रकाशित

काठमाडौं । स्पनेमा समुहचरणको खेलमा शानदार पुनरागमनसहित अन्तिम १६ का लागी स्थान पक्का गरेको छ ।

यसअघि भएको पोल्याण्ड र स्विडेनसँगको खेलमा अंक बाडेर तेस्रो रहेको स्पनेले विहिबार राति दोस्रो स्थानको स्लोभाकियालाई हराउँदै समुहचरणमा दोस्रो हुँदै अन्तिम १६ मा पुगेको हो ।

खेलको १२ औं मिनेटमा स्पेनले पाएको पेनाल्टी अघिल्लो खेलमा जस्तै मोराटाले चुकाएका थिए । दुई अवे गोल मद्धतमा स्पेनले ३ गोल थप्दा ५ –० को शानदार जित निकालेको हो ।

पहिलो हापको ३० औं मिनेटमा गोलकिपर डुभराभ्काले आफै गोल गरेर उपहार दिएपछि अग्रता सुरु गरेको स्पेनका लागी पहिलो हापको अतिरिक्त समयमा लापोर्टे गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हापको ५६ र ६७ औं मिनेटमा क्रमश पाब्लो सरविया र फेरान टोरेसले गोल गर्दै ४–० बनाएको खेलको ७१ औं मिनेटमा स्लोभाकियाका मिडफिल्डर कुकाले स्पेनका लागी अर्को आत्मघाति गोल गरेपछि समग्रमा ५–० को जित निकाल्दै स्पेन अन्तिम १६ मा पुगेको हो ।

यसैगरी समुह इ कै अर्को खेलमा स्विडेनले पोल्याण्डलाई ३–२ ले पराजित गरेको छ । २ र ५९ औं मिनेटमा गरी स्विडेनका लागी फोर्सवेग गरेको दुई गोल मद्धतमा अग्रता लिएपनि दोस्रो हापको ६१ र ८४ औं मिनेटमा दुई गोल गर्दै स्टार फरवार्ड लेवान्डोस्कीले खेललाई बराबरीमा ल्याएका थिए ।

अतिरिक्त समयको १ मिनेट बाँकी छँदा स्विडेनका क्लेसोनले सुन्दर गोल गरेपछि स्विडेनको विजय सुनिश्चित भएको हो । यो जित सँगै स्विडेनपनि अन्तिम १६ मा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !