यूरो २०२०: समूह एफ बाट फ्रान्स समूह विजेता, जर्मन उपविजेता र पोर्चुगल पनि नकआउट चरणमा

१० असार २०७८, बिहीबार २३:१४ मा प्रकाशित

काठमाडौं । युरोकप अन्तर्गतको बुधबार राति भएको डेथअफ ग्रुप मानिएको समुहको खेलमा फ्रान्स र पोर्चुगलले २–२ को रोमान्चक बराबरी खेलेका छन् ।

एकै खेलमा ३ पेनाल्टी गोल भएको खेलको ३० औं मिनेटमा पोर्चुगलका लागी रोनाल्डोले गोल गरेका थिए ।

पहिलो हापकै अतिरिक्त समयमा पाएको अर्को पेनाल्टीमा करिम बेन्जेमाले जर्मनका लागी गोल फर्काए । उनै बेन्जेमाले ४७ औं मिनेटमा फ्रान्सका लागी अर्को गोल थपेर बनाएको अग्रता ६० औं मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा खेल २–२ को बराबरीमा टुंगियो । निकै प्रतिष्पर्धात्मक रहेको खेलमा पोर्चुगलले सुधारिएको प्रदर्शन गरेको थियो ।

यो सँगै फ्रान्स समुहचरणको शिर्ष टोलीका रुपमा अन्तिम १६ मा गएको छ भने जर्मनीसँग अंक र गोल बराबरीका आधारमा पोर्चुगल पनि अन्तिम १६ मा पुगेको छ ।

उता एउटै समयमा भएको अर्को खेलमा जर्मनीलाई कमजोर मानिएको हंगेरीले हायलकायल बनाउँदै अंक बाड्न बिवस बनाएको छ । खेलको ११ औं मिनेटमै सजलईको गोलबाट आश्चार्यजनकरुपमा अग्रता लिएको हंगेरीलाई दोस्रो हापको ६६ औं मिनेटमा ह्याभरटेजले बराबरी गोल फर्काएका थिए । उनको बराबरी हंगेरीले २ मिनेटमात्रै टिक्न दियो । ६८ औं मिनेटमा हंगेरीका लागी सच्फेरले गोल थप गरे । हारको नजिक पुगेको जर्मनीलाई बराबरीका लागी ८४ औं मिनेटमा गोर्टेज्काले गोल फर्काए र खेल बराबरीमा टुंगियो । यो सँगै जर्मनी पोर्चुगलसँग अंक बाड्दै अन्तिम १६ को समिकरणमा पुग्यो भने लोभलाग्दो पर्दशन छाडेर हंगेरी घर फर्कियो ।

प्रतिक्रिया दिनुहोस !