माओवादी छाडेर एमाले प्रवेश गरेका १४ स्थानीय जनप्रतिनिधिको पद गयो

११ असार २०७८, शुक्रबार १४:०९ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेमा गएका १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले शुक्रवार सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो।

माओवादीबाट निर्वाचित १४ जना स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेपछि असार ७ गतेको माओवादी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो।

माओवादी केन्दले आयोगलाई दिएको दल त्यागको जानकारीका आधारमा आयोगले सुचना प्रकाशन गरेको हो।

 

प्रतिक्रिया दिनुहोस !