एक्स्काभेटरको बकेटले हिर्काएर वडा अध्यक्षको हत्या

१२ असार २०७८, शनिबार १३:४३ मा प्रकाशित

सर्लाही । सामान्य विवादमा एक्स्काभेटरको बकेटले हिर्काउँदा ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको मृत्यु भएको छ । एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर गएका थिए । त्यही क्रममा सामान्य विवाद हुँदा चालकले श्रेष्ठको टाउको र छातिमा हानेर हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !