अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले बगायो तीन तले पक्की घर

१२ असार २०७८, शनिबार १३:५८ मा प्रकाशित

मेलम्ची । अविरल बर्षा पछि सिन्धुपाल्चोकको इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची वडा नं. ११ मा एक घर बगाएको छ । स्थानीय बासी गोपाल दुलालको तीन तल्ले घर बिहान बाढिले ढालेको हो । प्रहरीका अनुसार गोपालका परिवार अन्तै कोठा लिएर बसेकाले सबै सुरक्षित छन्।

असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण उक्त घर बगाएको प्रहरी कार्यलय मेलम्चीले जनाएको छ ।

असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौ बेपत्ता भएका छन्। त्यस्तै ४०० भन्दा बढी घर बिस्थापित भएका छन्।

अहिले खोलाको बहाव बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !