काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी

१४ असार २०७८, सोमबार ००:०४ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा जोर विजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गरिने गरी निषेधाज्ञा एक हप्ता थपिने निर्णय भएको छ ।

आइतबार उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बसेको संयुक्त बैठकले जारी निषेधाज्ञालाई थप लुज डाउन गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यलय काठमाडौंले जनाएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ ।

निषेधाज्ञालाई थप व्यवस्थित बनाउन सोमबार सरोकारवालाहरुसंग थप छलफल गरेरमात्र आदेश जारी गर्ने प्रशासनले जनाएको छ । आइतबारसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडालिटी बारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषय प्रजिअ कै तहमा निर्णय भए पनि भोलि बिहान १० बजे पुनः बैठक बोलाइएको छ ।

बैशाख १६ गतेबाट जारी निषेधाज्ञा उपत्यकामा कोरोना संक्रमण दर कम हुँदै गएपछि असारको पहिलो हप्ताबाट खुुकुलो बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !