एमालेको कुनै पनि समूहमा नरहने बेदुराम भुसालको घोषणा, एमालेमा तरङ्ग

१४ असार २०७८, सोमबार ००:०७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता तथा तत्कालीन नेकपाबाट राष्ट्रियसभामा निर्वाचित सांसद बेदुराम भुसालले आफू कुनै पनि दलको सांसद नभएको पत्र संसद् सचिवालयलाई पठाएका छन् ।

उनले आज संसद् सचिवालयमा आफूलाई स्वतन्त्र सांसदको रूपमा व्यवस्था गरिदिन पत्र पठाएका हुन् ।

“नेकपाबाट निर्वाचित म पार्टी नै नरहेपछि दलविहीन भएँ । १७ गते राष्ट्रिय सभाको बैठक बस्दैछ । कतापट्टि बस्ने भन्ने कुरा आउँछ । मैले कतैपनि बस्दिँन छुट्टै व्यवस्था गर्दिनु भनेर पत्र बुझाएको छु,” उनले बाह्रखरीसँग ।

गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा भङ्ग भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र साबिकको अवस्थामा फर्किएका थिए ।

तर, नेकपाबाट निर्वाचितको हकमा भने कुनै निर्णय भएको थिएन ।

प्रतिक्रिया दिनुहोस !