मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते

१४ असार २०७८, सोमबार १०:१८ मा प्रकाशित

काठमाडौं । चितवनमा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छन् । भरतपुर महानगरपालिका–२६, हिरापुरमा मोटरसाइकलको ठक्करबाट स्थानीय नौ वर्षीया प्रकृति नेपाली घाइते भएकी हुन् ।

पैदल हिँडिरहेकी उनलाई गए राति ११ बजेतिर ना५५प ८८३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उनको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकलसहित चालकलाई प्रहरीचौकी रामपुरले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !