यूरो २०२०: बेल्जियम क्वाटरफाइनलमा, साबिक विजेता पोर्चुगल बाहिरियो

१४ असार २०७८, सोमबार १२:४२ मा प्रकाशित

काठमाडौं । बेल्जिय १६ औँ सस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा साबिकको विजेता टोली पोर्चुगललाई १–० गोल अन्तरले हराउँदै बोल्जियम अन्तिम आठमा प्रवेश गरेको हो ।

स्पेनको सेभियामा भएको खेलमा बेल्जियमलाई जित दिलाउन थोर्गान हाजार्डले निर्णायक गोल गरेका थिए ।

खेलको ४२ औँ मिनेटमा थोर्गान हाजार्डले टिमका लागि निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा पोर्चुगलले धेरै अवसर पाएपनि जित भने निकाल्न सकेन ।

बेल्जियमले अब क्वाटरफाइलनमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलमा यो संस्करणमा बेल्जियम हालसम्म अपराजित छ ।

बेल्जियम अन्तिम आठमा पुग्ने चौथो टोली हो ।

प्रतिक्रिया दिनुहोस !