डीआईजी सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

१४ असार २०७८, सोमबार २०:५४ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो । सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थापाले अब प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस !