मेस्सीको गोलमा अर्जेन्टिनाको सहज जित

१५ असार २०७८, मंगलवार ०९:२९ मा प्रकाशित

काठमाडौं । कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा सहज जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको हो ।

मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले सहज जित निकाल्न सफल भयो । अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल गरे ।

बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । मेस्सीको पासलाई सदुपयोग गर्दै गोमेजले गोल गरे । खेलको ३३ औं मिनेटमा मेस्सीले पेनाल्टीमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

खेलको ४२ औं मिनेटमा मेस्सीले सर्जियो अग्युरोको पासमा ब्यक्तिगत दोस्रो गोल गरे ।

६० औं मिनेटमा बोलिभियाका लागि सावेद्राले एक गोल फर्काए । त्यसको ५ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को शानदार जित दिलाए ।

जितसँगै अर्जेन्टिना अपराजित रहँदै अन्तिम आठमा प्रवेश गरेको छ । समूह ‘ए’को अर्जेन्टिना ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया अंकविहिन हुँदै तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस !