यूरो २०२०: क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा

१५ असार २०७८, मंगलवार १०:२३ मा प्रकाशित

काठमाडौं । स्पेन १६ औँ संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा क्रोएसियालाई ५–३ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा प्रवेश गरेको हो ।

पार्केन एरिनामा प्रि–क्वाटरफाइलन खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराविया, केसार एज्पिलिक्युट, परान टोरेस, आल्भारो मोराटा र मिकेल ओएजम्बारले एक एक गोल गरे ।

यता क्रोएसियाका लागि मिसाल्भ ओसिस र मोरियो पेसालिसले एक-एक गोल गरे । एक गोल क्रोएसियाले आत्मघाती उपहार पाएको थियो ।

निर्धारित समयको खेल सकिँदा दुबै टोलीले बराबरी खेल्दा खेल अतिरिक्त समयमा थपिएको थियो । अतिरिक्त समयमा स्पेनले गोल गर्न सफल भयो ।

यसअघि खेलको २० औँ मिनेटमा युना सिमोनको आत्मघाती गोलमार्फत क्रोएसियाले अग्रता बनाएको थियो ।

खेलको ३८ औँ मिनेटमा स्पेनका लागि पाब्लो सरावियाले गोल गर्दै टिमलाई बराबरीको अवस्थामा ल्याए ।

५७ औँ मिनेटमा केसारले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । ७६ औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनको अग्रता ३–१ को बनाए । खेलको ८५औँ ओसिसले गोल गर्दै टिमलाई २–३ गोलको अवस्थामा ल्याए ।

खेलको इन्ज्युरी समयमा क्रोएसियाका लागि पेसालिसले गोल गर्दै टिमलाई ३–३ गोलको बराबरी दिलाए ।

निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०० औँ मिनेटमा मोराटाले गोल गर्दै टिमलाई ४–३ गोलको अग्रता दिलाए ।

त्यसको तीन मिनेटपछि मिकेलले गोल गर्दै स्पेनलाई ५–३ गोलको जित दिलाए । जितसँगै स्पेन क्वाटरफाइलनमा पुग्ने पाँचौ टोली भएको छ ।

यता क्रोएसिया भने अन्तिम १६ बाट नै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस !