माओवादीले कारबाही गरेका जनप्रतिनिधिलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

१६ असार २०७८, बुधबार ००:१८ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी हुन् ।

माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस !