प्रधानन्यायाधीशले प्रधानमन्त्रीको वकिललाई सोधे- ‘संसद बचाउने दायित्व प्रधानमन्त्रीको थिएन र ?’

१७ असार २०७८, बिहीबार १७:२५ मा प्रकाशित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्री तर्फका अधिवक्ता परशुराम कोइरालालाई प्रश्न गरेका छन् । बिहीबार संवैधानिक इजलासमा विघटन मुद्दा सुनुवाई गर्दै जबराले प्रश्न गरेका हुन् ।

‘प्रतिनिधिसभा बचाउने दायित्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि होइन र भोट अफ कन्फिडेन्ट प्राप्त गर्न नसकेपछि, अर्को सांसदलाई समर्थन गर्ने उहाँको दायित्व थिएन र ?’ प्रधानन्यायाधीश जबराले सोधे ‘उहाँले नै विघटन गर्नुभयो हैन, अदालतले तपाईले दायित्व निर्वाह नगरेको हुनाले बदर गरिदिएको छ भन्यो । त्यसपछि, अर्को सकार बनाउनुपर्थ्यो हैन ? सरकार बनाउन अरुलाई समर्थन दिन सकिनथ्यो । त्यसमा, दलको नेताको हैसियतले आफ्नो पक्षमा मात्रै गर्नुपर्ने अवस्था थियो र, उहाँको संवैधानिक दायित्व थिएन ?’

अधिवक्ता कोइरालाले जवाफ दिए ‘मेरो टिमको क्याप्टेन म हुँ, सुसाइड गोल गर्न पाइँदैन भन्नु जायज हो । आफ्नै पार्टीका सदस्यले वर्तमान प्रधानमन्त्रीलाई समर्थन नगरेको अवस्था भएको हुनाले दल सम्बन्धी ऐन अनुसार त्यसो गर्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस !