म सचेत सर्वहारा ! : विनोद दाहाल

१७ असार २०७८, बिहीबार २१:३६ मा प्रकाशित

म सचेत सर्वहारा, एउटा कर्मी हुँ ।
वुर्जुवाले बनाएको पींधको वर्गको
एउटा सचेत मान्छे हुँ ।
कसैले सोध्नसक्छ- कसरी सचेत ?
उसलाई थाहा नहुनसक्छ-
मैंले आदिम साम्यवाद बुझेको,
म स्पार्टिएन मान्छे
सभ्यता निर्माण गर्ने मान्छे,
कार्लमार्क्सले देखेको नयाँ मान्छे !
सचेतपहलद्वारा दुनीयाँ बदल्ने,
सहि नीति, कार्यक्रम र योजना भएको दलको मान्छे,
सभ्यता निर्माण गर्ने मान्छे,
युगको सबैभन्दा क्रान्तिकारि मान्छे,
मानिसले भोगिरहेका सबै समस्याहरु समाधान गर्ने नीति भएको मान्छे,
पुँजीको सामाजिक स्वामित्व बनाउने योजना भएको संगठनको मान्छे,
म यो युगको एउटा नयाँ मान्छे,
एउटा सचेत सर्वहारा !
को होस् तँ !?
अधिकार खोज्दा एउटा पटमुर्खले
यो प्रश्न गर्नसक्छ ।
विहानी छितिजको लालकिरण देखाएर,
म भन्नसक्छु-
त्यो उज्यालोमा रमाउने
नवयुगको मानिस भन्ने गरेको छु ।
मलाई थाहा छ-
कामको मूल्य हुँदैन, प्रतिफल हुन्छ,
जसमा मैंले अधिकार खोजको छु ।
म स्वयमसेवक हुँ,
एक पूर्णकालिन हुँ,
त्यही पाउनको लागि
क्रान्तिको बाटो रोजेको छु ।
मेरो श्रमको ज्याला तोक्नेले
अतिरिक्त प्रतिफल निकालेर लुटेको,
खुद मैंले देखेको छु।
भनें त- म पूर्णकालिन कार्यकर्ता हुँ,
अतिरिक्त प्रतिफल लुट्ने दुष्टको
लुटको स्वर्ग भत्काईदिने
सङ्कल्प गरेको छु !
दारा भाँचिदिने र नङ्ग्रा झिकिदिने निश्चय गरेको छु ।
मेरो श्रमको प्रतिफल मानव जातीले पाउनुपर्छ ।
मैंले यही भन्दै र गर्दै आएको छु ।
श्रमजिवी सर्वहाराको मुक्तिको अभिलाशा बोकेर
श्रम गर्नेकै सत्ता हुनुपर्छ भन्दै
कैयौं वलिदान भएका छन् !
जन आस्था हो यो,
सुन्दर र महान् बिचार हो
सार्थक जीवन यही हो,
मेरो सम्पूर्ण यही हो,
यो मैंले भन्दै आएको छु ।
विहानी क्षितिजको लाल किरण देखाएर,
मैंले भन्ने गरेको छु-
म त्यो उज्यालोमा रमाउने नव युगको मानिस हुँ !

प्रतिक्रिया दिनुहोस !