धान, गिर्दो अर्थ राजनीति : गुणराज लोहनी

१८ असार २०७८, शुक्रबार १२:२० मा प्रकाशित

अहिले नेपाली किसानहरुलाई धान रोप्ने चटारो छ । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत आयतन भएको १८ औं धान दिवसको नारा नेपालस सरकारले तोकेको छ । विगत १८ वर्षदेखि धान दिवस मनाउने गरेता पनि अहिलेसम्म नेपाल धानमा आत्मानिर्भर हुन सकेको छैन । विगत १० महिनामा मात्र नेपालले ४४ अर्ब ४६ करोडको चामल मात्र आयत गरेको सरकारी तथ्यांक छ । नेपालमा चामलको महत्व कस्तो छ भन्ने कुरा कसैसँग बात मार्दा शुरुआतनै भात खानु भयो भन्नेबाट हुन्छ । नेपालमा असार महिनामा सबैभन्दा बढि धान रोपिन्छ । असार १५ गतेलाई धान दिवस भनिन्छ । केही वर्षअघिसम्म गाउँघरका जमिन्दार वा धेरै खेत भएका मान्छेले १५ गते नै पारेर बाजागाजासहित उत्सवकारुपमा धान रोप्ने गर्दथे । त्यही धानबालीले नेपालको अर्थराजनीतिमा कस्तो प्रभाव पारेको छ भनेर बुझ्नु आवश्यक छ ।

मकै, गहुँ, कोदो, जौ, बाजराजस्ता परम्परागत खाद्यान्न छाडेर चामलको भात खाने ६७ प्रतिशत पुगेको छ । नेपालीको खानामा अहिले पनि ४० प्रतिशत शक्ति र २३ प्रतिशत प्रोटिन चामलले योगदान गर्ने गरेको छ । ५० प्रतिशत नेपालीले खानकालागि धान लगाउँछन् । धान खेती गरेका मध्ये ४० प्रतिशतले आफ्नो गर्जो टार्न धान बेच्दछन् । १० प्रतिशतले मात्र आफूले खाएर बढि भएको धान बेचेर पैसा कमाउने गर्दछन् । नार्कका अनुसार आर्थिक बर्ष २०७७/२०७८ मा नेपालमा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा करिब ५६ लाख २१ ह्जार ७ सय १० मेट्रिक टन धान उत्पादन भएको छ । नार्कका अनुसार नेपालमा चैते, वर्षे, भदौरे र हिउँदे गरी चारवटा याममा धान खेती गरिन्छ । धानलाई प्रशस्त पानी चाहिने भएकता पनि खेती योग्य जमिनको केवल ५६ प्रतिशत क्षेत्रफलमा मात्र सिचाईको सुविधा छ । यसको मतलव ४४ प्रतिशत खेती योग्य जमिन आकासको पानीमा भरपर्दछ । जबकि नेपालको कुलग्राशस्थ उत्पादनको २६.५० प्रतिशत कृषिले ओगटेको छ । त्यसमा १५.३५ प्रतिशत त धानले मात्र ओगटेको छ । यसले धान खेती नेपालकालागि कति महत्वपूणर् रहेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
नेपालमा पानीको प्रचुर मात्रामा स्रोत भएता केवल ४७.३ प्रतिशतमा मात्रै सिंचाई हुन्छ । त्यसको ७६.७ प्रतिशत सतह सिंचाई हुन्छ । त्यो भनेको बर्षा, नहर र २२.२ प्रतिशत भूमिगत पानीबाट सिंचाई हुने गरेको छ । यसरी हेर्दा अहिले पनि ५२.७ प्रतिशत खेती योग्य जमिन पूणर्रुपले आकासे पानीको भर परेको छ । धानकोलागि आकासे पानी सबैभन्दा उपयुक्त हुन्छ । त्यसपछि हिमालयबाट बग्ने चिसो, प्राङगारिक मल र धानलाई अत्यावश्यक पर्ने खनिजयुक्त पानी सबैभन्दा उपयुक्त हुन्छ । त्यसकालागि धानलगायत अन्य बालीकालागि नेपालका हिमालयबाट बग्ने नदीहरुमा प्रशस्त नहर निमाणर् गरेर सिंचाईको व्यवस्था हुनु पर्दथ्यो ।

नेपालमा परम्परागतरुपमा साना खोला, खहरेहरुमा अस्थायी कुलो बनाई केवल बर्षामा मात्र सिंचाई गर्ने गरिन्छ । राज्यद्वारा पहिलो पटक सिंचाईकैलागि भनेर चन्द्र समशेरको पालामा बिसं १९७९देखि १९८५मा कोशी नदिमा मिसिएको त्रियुगा नदिमा पहिलो बाँध निर्माण गरेर नहर उक्त नहर बनाइएको थियो । राजकुलाको रहेका साना नहरहरु जस्तै टीकाभैरव, बागेश्वरी, बुढीकन्त उपत्यामा रहेका छन् । तर ठूला नहरकारुपमा कोशी, गण्डक र महाकाली रहेका छन् । तर नहरमा बग्ने पानकिो केवल क्रमशः १.३५, २.१५ र ३.६५ प्रतिशत पानी मात्रले उपयोग गर्न पाएको छ । कैलालीको चिसापानी स्थित कर्नालीमा बनाइदै गरिएको रानीकुला, जमरा र कुलरिया, राष्ट्रिय गौरवकोरुपमा लिइएको तर भत्किरहने सिक्टा नहर नहरकारुपमा मात्र सीमित रहेका छन् । कोशी, गण्डकी र कणर्ालीजस्ता कुनै पनि ठूला नदिमा नेपाल सरकारले बनाएको नहरले बर्षामा धानबाली सिंचाई गर्न पाइएको छैन । गण्डकी(नारायणगढमा नारायणी भनिन्छ ।)मा लिफ्ट एरिगेशन गरिएको छ । त्यो केवल केही समयकालागि बर्षामा मात्र चल्छ, विद्युतद्वारा बल लगाएर पानी तान्ने भएकाले यसले पानीभन्दा बालुवा बढि तान्छ ।

नेपाल—भारत सीमानामा भारतद्वारा प्रस्तावित र बनिराखेको लक्ष्मणपुर बाँध (बाँके), महलीसागर बाँध (कपिलवस्तु), रसियाखुर्दलोटन-जोर्ती तटबन्ध (रूपन्देही), पञ्चेश्वर बाँध (बैतडी), पूणर्ागिरि बाँध (डडेल्धुरा), टनकपुर (कञ्चनपुर), शारदा बाँध (कञ्चनपुर), कैलाशपुरी (बर्दिया-कैलाली), कोइलाबास बाँध (दाङ), डण्डा-फरेना तटबन्ध (रूपन्देही), गण्डक बाँध (नवलपरासी), लालबकैया तटबन्ध (रौतहट), वैरगनिया-चक्र तटबन्ध (रौतहट), बागमती तटबन्ध (रौतहट-सर्लाही), कमला तटबन्ध (धनुषा-सिरहा), सिरहा तटबन्ध (सिरहा), खाँडो तटबन्ध (सप्तरी), कलौनी तटबन्ध (सप्तरी), कोशी बाँध (सप्तरी-सुनसरी), कोशी उच्च बाँध (सुसरी) र लुना तटबन्ध (मोरङ)ले नेपालमा रोपिएका धान डुबानमा पारेर नष्ट पारिदिने परम्परा नै बनेको छ । यसरी धानलगायत अन्यबालीकालागि नहरद्वारा आवश्य पानी सिंचित नहुने भएकाले सरकार र आफ्नै आथिृक योजनामा किसानले भटाभट भूमिगत पानीलाई स्वालो ट्युबेल खनेर सिंचाइ गरिराखेका छन् । यसले गर्दा भूमिगत पानीको सहत घट्दै जाने, प्राकृतिक पानीको मुहान सुक्ने, जमिन भासिने, उर्वराशक्ति घट्दै जान थालेको छ । त्यसको सबैभन्दा ठूलो प्रभाव धानबालीमा परेको छ । धेरै तत्वहरुमध्ये सींचाईको कारणले धानबालीको उत्पादन कम हुने गरेको छ । नेपालका ठूला नदिहरुमा बाँध बााधेर नहर बनाउन नसक्नुको मुख्यकारण विगतका भारतसँगका सन्धि/सम्झौता हुन् । यस्ता असमान सन्धि सम्झौता भूराजनैतिक महत्वलाई यहाँका शासकहरुले उचित तरिकाले बुझ्न र कार्यान्वयन गर्न नसक्नुको परिणाम हो । यसको धान अर्थतन्त्रमा पनि निकै ऋयाात्मक प्रभाव परेको छ ।

नेपालमा १ सय १५ वटा रैथाने धान छन् । यी मध्ये ललका बासमती, जेठो बुढो, हंशराज बासनादार र मीठो धान हुन् । स्वास्थ्यकालागि असाध्यै उपयोगि र उच्च हिमाली क्षेत्रमा फल्ने मार्सी हो । तर नेपालका यी दुर्लभ धानका जातहरुलाई बणर्शंकर र जेनेटिकली मोडिफाइड बिऊले विस्थापित गरिराखेका छन् । साथै यी धानहरुको महत्व बुझेर फिलिपिन्सको लोस ब्यानोस् लगुनामा अवस्थित अन्तराष्ट्रिय धान अनुसन्धान संस्थानमा नेपालका विभिन्न उच्चकोटीका धानका बिऊहरु संरक्षणका नाममा कैद हुन पुगेका छन् । यसले ‘हरित क्रान्ति’, ‘उत्तम विश्वकालागि धान विज्ञान’को नारा दिएको भएता पनि यसले विकासोन्मुख देशमा उच्चकोटीका धानलाई संरक्षणको नाममा धनी देश वा अत्याधुनिक धान कृषकलाई ती धानका बिऊ उपलब्ध गराएर विश्व धान बजार कब्जा गर्न सहयोग पुर्‍याइरहेको छ । त्यसको राम्रो उदाहरण हो नेपाललगायत अन्य देशका धानको बिऊ । कृषि संस्था ग्रेनका अनुसार अन्तराष्ट्रिय धान अनुसन्धान संस्थान फिलिपिन्सको ५० औं वर्षगाँठका अवसरमा किसानहरुले विरोध प्रदर्शन गरेका थिए । विश्वका १ अर्ब भोकाहरु जसको ७० प्रतिशत एसियामा मात्र रहेका छन् उनीहरुको भोक हटाउन आवश्यक पर्ने धान उत्पादनमा सहयोग नगरेर धनी राष्ट्र र किसानलाई यहाँका राम्रा र उच्चकोटीको धानको बिऊ दिएको आरोप प्रदर्शनकारीको थियो । त्यसको ज्वलन्त उदाहरण अमेरिकामा उत्पादन गरिएको बासमतिको अमेरिकी प्याटेन्ट टेक्सामति हो ।
यहाँका परम्परागत धानका बिऊहरु मोडिफाइड गर्नुको साँटो भारत र चीनबाट ६८ जातका बणर्शंकर र जिएमओ बिऊ ल्याएर एकातिर यहाँका परम्परागत धान लोप हुँदै गइराखेका छन् भने अर्कातिर बिऊ खरिद गर्दा प्रशस्त नेपाली मुद्रा विदेशिएको छ । यी यस्ता बिऊ हुन् जुन फेरि प्रयोग गर्न सकिदैन ।

नेपालमा अहिलेसम्म एउटा पनि रसायनिक मल उद्योग छैन । भारतसँगको व्यापार निर्भताकाकारण धानबालीलगायत अन्य बालीकालागि आवश्यक पर्ने मल पनि भारतमा नै निर्भर हुनु परेको छ । जब धानकालागि मल आवश्यक पर्छ, अनि सरकारले भारतसँग मल किन्ने प्रस्ताव लैजान्छ । तर कहिल्यै समयमा रसायानिक मल पाइदैन । फेरि बणर्शंकर वा जिएमओ बिऊहरु प्रांगारिक मलले राम्रो फस्टाउँदैनन् । जैविक धानको उत्पादनको काम लगभग बन्द भएको छ । २ सय मेगावाट विजुलीबाट रसायनिक मल उद्योग खोलेमा सबै नेपाली किसान पुग्दछ । तर किन खोल्दैन । आवश्यक पर्ने प्रविधि खासै प्रयोग गरिएको छैन । फेसनकालागि केही नेताहरुले प्रचारप्रसार गरेको पाइन्छ । यसको सजिलो उत्तर हो, खाद्यबालीमा पनि परनिर्भरता रहनु हो ।

अब आयो धानको बजारका बारेमा । जब धान तयार हुन्छ, सरकारले सही समयमा बिक्री मुल्य तोक्दैन । तोकिहाल्यो भने पनि किदिने कुनै निश्चितता गर्दैन । त्यसैले किसानले अत्यन्तै मिहेनत गरेर फलाएको धानलाई घर खर्च टार्न, सस्तोमा धान बिक्रि गर्नु पर्ने हुन्छ । यो नेपाली किसानको प्रत्येक वर्षको दुख भरिएको कथा हुन पुग्दछ । तराई, मधेशतिर भारतीय धान व्यापारीले सस्तोमा खरिद गर्दछन् ।
यदि नेपालमा रसायनिक मल उद्योग खोल्ने, नेपाली परम्परागत धानको बिऊहरुलाई विकसित गर्ने, सिंचाईको प्रशस्त व्यवस्था गर्ने, धानको भण्डारण गर्ने किसानलाई धानमा राम्रो अनुदान दिने हो भने मात्र पनि नेपाल धानमा आत्मानिर्भर हुनुका साथै निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने, ठूलो संख्यामा रोजगारी दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !