एमाले विवाद समाधान कार्यदलको बैठक ‘सकारात्मक’ , मंगलबार पुन: बैठक बस्ने

२१ असार २०७८, सोमबार २२:०८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदल ब्युँतिएको छ।

यसअघि निष्क्रिय भएको कार्यदलको बैठक पनि सिंहदरबारमा बसेको छ । बैठकमा पार्टी बिवाद समाधानका लािग सामान्य छलफल भएको थियो । बैठक मंगलबार दिउँसो १ बजे पुन बस्ने एमाले नेता रघुजी पन्तले जानकारी दिए ।

त्यस्तै विवाद देखिएका बिषयमा मंगलबार बुदाँगत रुपमा छलफल हुने नेता गोकर्ण बिष्ठले जानकारी दिए । त्यस्तै विवाद देखिएका बिषयमा मंगलबार बुदाँगत रुपमा छलफल हुने नेता गोकर्ण बिष्ठले जानकारी दिए ।

यसअघि अध्यक्ष केपी शर्मा ओली समूहबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको थियो । प्रतिनिधि सभा विघटन र कार्यदलमा रहेका भीम रावललगायतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि कार्यदल निष्क्रिय भएको थियो ।

कार्यदलमा ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् भने माधव समूहबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

प्रतिक्रिया दिनुहोस !