काठमाडौँमा आज बाट हट्यो जोर बिजोर प्रणाली, निषेधाज्ञा थप खुकुलो

२२ असार २०७८, मंगलवार ०९:३९ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधनमा आजेदेखि जोर-बिजोर प्रणाली हटाइएको छ।

आजदेखि माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दिइएको छ।

आजदेखि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पाइन्छ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा भने असार ३१ गतेसम्मलाई थप गरेका छन्। विद्यालयहरू भने खुल्न पाउँदैनन्। सभा तथा सम्मेलन गर्न पनि रोक लगाइएको छ।

प्रतिक्रिया दिनुहोस !