एमाले कार्यदल बैठक आज पनि बस्दै, हाेला त सहमति ?

२३ असार २०७८, बुधबार १०:२० मा प्रकाशित

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहान १० बजे बस्ने अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !