१० दिन देखि कार्यदलमा कुनै प्रगति छैन–भुसाल, सहमतिको प्रयास जारी छ–नेम्वाङ

२४ असार २०७८, बिहीबार २१:०५ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले कार्यदलको साँझ बसेको बैठक एजेण्डामा प्रवेश नै नगरि सकिएको छ ।
बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल सहभागी नभएका कारण एजेण्डामा प्रवेश नै नगरि सकिएको हो । बैठक भोली ११ बजे पुन बस्ने नेताहरुले जनाएका छन् ।
बैठकपछि कार्यदलका सदस्य घनश्याम भुसालले पछिल्लो छलफलहरूबाट कुनै प्रगति हुन नसकेको बताए ,

हामीले १० दिनदेखि खास प्रगति गरेका छैनौंअनौपचारिक हिसावले हामीले छलफल गरेर ती एजेण्डा तय भएका थिए । त्यसमा हामीले प्रगति गर्न सकेका छैनौँ -घनश्याम भुसाल

त्यस्तै कार्यदल सदस्य सुवास नेम्वाङले विवादीत बिषयमा छलफल र सहमतिको प्रयास जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस !