संरक्षित वन्यजन्तुको छालासहित २ जना पक्राउ

२६ असार २०७८, शनिबार ०८:४६ मा प्रकाशित

काठमाडौं । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट संरक्षित वन्यजन्तुको छाला र सालकको छाला तथा खपेटा बरामद गरिएको व्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि आजै डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँमा पठाइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार उक्त कसुर प्रमाणित भएमा पाँचदेखि १५ वर्ष कैद तथा पाँच लाखदेखि १० लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

रासस

प्रतिक्रिया दिनुहोस !