एमाले कार्यदल बैठक बस्दै, निष्कर्षमा पुग्ने दाबी

२६ असार २०७८, शनिबार १६:०२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै छ । आजको बैठक एमालेको पार्टी कमिटी ०७५ जेठ २ मा फर्काउने, संसद् विघटनविरुद्धको गरेको हस्ताक्षर फिर्ता लिने तथा शक्ति सन्तुलनमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।

कार्यदल सदस्य रघुजी पन्तले आजको बैठकले विवाद समाधान गर्ने दाबी गरे । अधिकांश विवादमा सहमति जुटिसकेको भन्दै उनले आज निष्कर्षमा पुग्ने बताए । बैठक साढे २ बजे सिंहदरबारमा बस्दै छ ।

नेताहरूले नेकपा एमालेको कार्यदल बैठक पार्टी एकतालाई जोगाउन सहमतिको पुगेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सात घण्टा लामो छलफलपछि नेताहरूले सहमतिमा पुगेको बताएका हुन् ।

कार्यदलका सदस्य तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार अब केही भाषिक विषय मिलाउन मात्र बाँकी छ ।

पार्टीको भविष्य के होला भन्ने कार्यकर्ताको चिन्ता दूर गर्ने उनले बताए ।

कार्यदलका सदस्य गोकर्ण विष्टले केही विषय टुङ्गो लाग्न बाँकी रहेको र आजको बैठकबाट टुंगिने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !