माधव नेपालले भने– विपक्षी गठबन्धनमा अब नरहन सक्छु

२८ असार २०७८, सोमबार १९:२० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू सधैँ विपक्षी गठबन्धनमा रहन नसक्ने स्पष्ट पारेका छन् ।

उनले विपक्षी गठबन्धनको बैठकमा यस्तो बताएका थिए ।

“यो गठबन्धनले एउटा चरण पार गर्‍यो । निरन्तर रहन सक्ने अवस्था हुँदैन,” माधव नेपालको भनाई उद्धृत गर्दै नेता रघुजी पन्तले भने, “पार्टी एकतामा जाने हुनाले अब बुझिदिनुहुनेछ । सरकारमा जाने कि नजाने भन्ने निर्णय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले गर्नेछ ।”

पन्तका अनुसार सिंगो नेकपा एमाले एकताबद्ध बनाउने प्रयास रहनेछ ।

“लोकतन्त्रको लडाईँको लागि थियो । संघीयताको रक्षाको लागि थियो । नागरिक अधिकारको रक्षाका लागि थियो,” नेपालको भनाई उद्धृत गर्दै पन्तले भने, “जनताका अधिकार र हितमा जहिले पनि काम गर्न सक्नुपर्छ । अब बन्ने सरकारले त्यस दिशामा काम गर्न सकोस् । हाम्रो पार्टी विभाजित अवस्थामा थियौँ । केही दिनदेखि परिवर्तित अवस्था देखिएको छ । पार्टी निर्माणको कामलाई ध्यान दिनुपर्नेछ ।”

प्रतिक्रिया दिनुहोस !