माधव नेपाल गद्दार हुन्, क्षमा दिन सकिंदैन : ओली

३० असार २०७८, बुधबार २०:४६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको बताएका छन् । बुधबार सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका ओलीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै नेता नेपाललाई पार्टीमा अब कुनै ठाउँ नरहेको बताएका हुन् ।

“माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन, उहाँका हकमा गल्ती कमजोरी स्वीकार गर्ने र आत्मालोचना गर्ने पनि ठाउँ छैन । नेपालका पछाडि लाग्ने अरू व्यक्तिले कमीकमजोरी महसुस गरेर पार्टीको काम गर्न चाहेमा भने पार्टीले ठाउँ दिन्छ ।”

अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीँ नभएको जात्रा देखाएको भन्दै उनले जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको नजिर कायम गरिएको बताए ।

“जनादेशबाट होइन परमादेशबाट, काम गर्न नसकेर होइन, देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जालझेल, कपट, षड्यन्त्रस्वरूप अदालतमा मुद्दा हालेर हटाइयो,” उनले भने ।मर्थनमा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !